मलंगवा – सर्लाहीमा एक पुरुषले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्। जिल्लाको लालबन्दीमा आज साँझ एक पुरुषले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउँदै आत्मदाह गर्ने प्रयास गरेका हुन्।
प्रहरीका अनुसार उनी मोरङ घर बताउने सूर्य प्रसाद पोखरेल हुन्। घटना भएको जानकारी पाएलगत्तै प्रहरी टोलीले तत्काल उद्धार गरी पोखरेललाई लालबन्दीस्थित सिटी केयर हस्पिटलमा उपचारका लागि पुर्याएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनास्थलमा प्रहरी निरीक्षकको कमान्डमा थप अनुसन्धान टोली परिचालन गरिएको छ। घटनाको बारेमा प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान भइरहेको छ।





