मलंगवा – जनता समाजवादी पार्टी, नेपाल (जसपा) जिल्ला कार्यसमिति सर्लाहीले जिल्लाका सरोकारवाला समस्याहरूको समाधानको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
जसपा नेपाल सर्लाहीका अनुसार विभिन्न जटिल सामाजिक, राजनीतिक तथा आर्थिक समस्याहरूमा सरकारको तत्काल ध्यानाकर्षण गराउन ज्ञापनपत्र पेश गरिएको हो। पार्टीको केन्द्रीय निर्देशन अनुसार देशभरिका सबै जिल्लाबाट एकै पटक ज्ञापनपत्र बुझाइएकाे हो।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु गरेको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकले पार्टीले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दाहरु सार्वजनिक गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरे बमोजिम आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको थियो।

यो पनि पढ्नुहोस:
– जसपा नेपालको सङ्घर्षका कार्यक्रम सुरु, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने





