मलंगवा – सर्लाहीमा चार किलो गाँजासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको हरिवन नगरपालिका – २, अत्रौली बस्ने ५२ बर्षीय प्रेम बहादुर बल रहेका छन्।
प्रहरीका अनुसार उनलाई गत आईतबार कोडैना गाउँपालिका – २, बाट पक्राउ गरिएको हो। उक्त स्थानमा चेकजाँच गर्ने क्रममा उनले बोकेको झोला भित्र लुकाई राखिएको अवस्थामा चार किलो गाँजा भेटिएपछि गाँजासहित उनलाई पक्राउ गरिएको हो।

सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि यस सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





