विवाह पञ्चमी महोत्सव सम्पन्न, श्रद्धालुहरु घर फर्किए

२०८२ मंसिर ११, बिहीबार ०८:२८

सर्लाही – सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । हिजो अन्तिम दिन जानकी मन्दिरको प्राङ्गनमा रामकलेवा विधि भएसँगै महोत्सव सम्पन्न भएको हो ।

रामकलेवा विधिमा अयोध्याबाट आएका सम्पूर्ण बाराती, साधुसन्त र भक्तजनहरुलाई जानकी मन्दिरको प्राङ्गनमा बसाएर ५६ भोग खुवाईन्छ । सो पश्चात उनीहरुलाई सरसामान र दक्षिणा दिई विदाई गरिन्छ ।

रामकेलवा विधि भईरहँदा मिथिलानी नारीहरुले सम्पूर्ण बारातीहरुलाई मैथिली परम्परा अनुसार गालि गर्ने चलन रहेको छ । रामकलेवा हेर्न हजारौं श्रद्धालुभक्तजनको घुँईचो लागेको थियो ।

रामकलेवा सम्पन्न भएपछि जानकी मन्दिरका छोटे महन्त राम रोशन दासले महोत्सव समाप्त भएको घोषणा गरेका थिए । भारतलगायत नेपालका विभिन्न स्थानहरुबाट महोत्सव हेर्न आएका भक्तजनहरु घर फर्किएका छन् । – नेपाल न्युज बैंक

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार