सर्लाही – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका अशोक कुमार यादव नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । बुधबार काठमाडौंमा आयोजित विशेष समारोहमा नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यादवलाई पार्टीमा स्वागत गरेका हुन्।
यादवले बिहीबार सार्वजनिक वक्तव्य जारी गर्दै जसपाको साधारण सदस्यता समेत परित्याग गरेको घोषणा गरेका थिए। पार्टीभित्र आफूलाई दीर्घकालीन रूपमा उपेक्षा गरिएको तथा राजनीतिक दृष्टिकोण मेल नखाने कारण उनले जसपा छाडेको बुझिएको छ।

नेकपामा प्रवेश गरेसँगै यादवको भूमिका र जिम्मेवारी औपचारिक रूपमा खुलाइएको छैन, तर मधेश क्षेत्रमा उनकाे प्रभावलाई ध्यानमा राख्दै उनलाई महत्वपूर्ण जिम्मेवारी प्रदान हुने अनुमान गरिएको छ।
यो पनि पढ्नुहोस:
– मधेशकेन्द्रित दलबाट अब विकास सम्भव छैन भन्दै जसपा प्रदेश अध्यक्ष यादवले छाडे पार्टी





