सर्लाही – बारामा अज्ञात समूहद्वारा पानी उद्योगका मेनेजरको घाँटी रेटेर हत्या भएको छ।
जिल्लाको प्रसौनी गाउँपालिका – ६ भलुहीमा रहेको किरण वेभरेज नेपाल प्रालिका मेनेजर सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर २ निवासी ४२ वर्षीय राम किशोर सिंहको घाँटी रेटेर हत्या गरेको हो।

राम किशोरका आफन्तका अनुसार उनि हिँजो साँझ लगभग ७ बजेतिर बिरगंजबाट उद्योगमा आएका थिए। उद्योग मै करिव ८ बजेको समयमा अज्ञात समूह पसेर सिसिटिभी क्यामेराको तारहरु काटेर उनको हत्या गरेको बताईएको छ।
त्यसपछि उद्योगकै बाहिर केहि दुरीमा शवलाई घिसार्दै ल्याएर सानो खाडलमा फालेर अज्ञात समूह फरार भएको बताईएको छ। यता जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटना सम्बन्धि प्रहरीलाई बिहान करिव ८ बजे मात्रै जानकारी आएको थियो।
त्यसपछि प्रहरीको टोलि घटनास्थलमा खटिएको र घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।





