सर्लाही – सर्लाहीमा रहेका तीनवटै सुरक्षा निकायले हुलदङ्गा तथा आगलागी नियन्त्रणसम्बन्धी संयुक्त अभ्यास गरेका छन्। जिल्लाको कविलासीस्थित सशस्त्र प्रहरी बलको गण अगर्बामा आज गरिएको अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सक्रिय रूपले सहभागी भएका थिए।
यसअघि आगलागी, बाढी र डुबान जस्ता विपद् व्यवस्थापनमा केन्द्रित हुँदै आएको अभ्यासमा यसप टक हुलदङ्गा (मुठभेड) नियन्त्रणसम्बन्धी प्रशिक्षणसमेत समावेश गरिएको थियो। अभ्यासलाई अवलोकन गर्दै कविलासी नगरपालिकाका प्रमुख ब्रह्मदेव रायले विपद्को बेला उद्धार र व्यवस्थापनमा सुरक्षा निकायको सक्रियता सराहनीय रहेको टिप्पणी गरे।

उनका अनुसार तत्कालीन जोखिमपूर्ण परिस्थितिमा सुरक्षाकर्मीहरूको भूमिकालाई सुदृढ बनाउन यस्तो अभ्यास उपयोगी हुने देखिएको छ। निरीक्षणमा कालिध्वज गण पाँचकुमारी ब्यारेकका गणपति उमेश खड्का, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द तथा सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेल लगायतका अधिकारी सहभागि थिए।





