बिरगंज – पर्सा जिल्लाको बीरगन्जस्थित क्लाउड १६ रेस्टुरेन्टमा भोजपुरी गीत जेल को प्रीमियर कार्यक्रम सम्पन्न भएको छ ।
म्युजिक डाइरेक्टर गौरव रोशनको प्रमुख आतिथ्य तथा निर्माता प्रभु कुमार यादवको बिशेष उपस्तिथिमा शनिबार एक कार्यक्रमको आयोजना लन्च गरिएको हो ।

मुख्य कलाकार रौशन सिंह (म्याङ्गो म्यान) र निभा यादवले अभिनय गरेको सो गीतमा सङ्गीत उमेश राजको रहेको छ भने देव यादव र शिल्पीराजले सुमधुर स्वर दिएकी छिन ।
नेपाल पत्रकार महासंघ बाराका कार्यसमिति सदस्य तथा रेडियो बादलका संचालक नुर आलम बादशाहले समेत अभिनय गरेको सो म्युजिक भिडियोमा चर्चित कलाकार गजेन्द्र कुशवाहा, रेबिका नेपाली लगायतका कलाकारहरुलाई समेटिएका छन् ।
उक्त गीतको म्युजिक भिडियोमा निर्देशक शाहिल साह अहम भुमिका रहेको छ । त्यस्तै, भिडियो ग्राफी संजय सिंहले गरेको पोस्टर इडिटर बिबेक यादवले बताए।





