प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाईने

२०८२ मंसिर १५, सोमबार १९:५०

सर्लाही – नेपाल सरकारले अबदेखि हरेक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’का रूपमा मनाउने निर्णय गरेको छ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो। जानकारी सरकारका प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिएका छन्।

बैठकले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिहरूका परिवारजनलाई विशेष पहिचानपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ। सो परिचयपत्र गृह मन्त्रालयमार्फत फोटोसहित प्रदान गरिनेछ। यो सुविधा आमा, बुबा, पति/पत्नी तथा अविवाहित छोरी छोराहरूलाई दिइने प्रवक्ता खरेलले बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार