सर्लाही – मधेस प्रदेश सरकारले यस वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई सुनिश्चित मूल्य उपलब्ध गराउने उद्देश्यले विभिन्न वर्गका धानको मूल्य निर्धारण गरेको हो। मोटो धानको मूल्य प्रति क्विन्टल ४ हजार रुपैयाँ तय गरिएको छ।
त्यस्तै, मध्यम धानको न्यूनतम मूल्य ४ हजार २ सय रुपैयाँ तोकिएको छ। यसैगरी, चैत्रे धानका लागि सरकारले प्रति क्विन्टल ३ हजार रुपैयाँ समर्थन मूल्य निर्धारण गरेको छ। सरकारले तोकेको यो मूल्यले प्रदेशभरि रहेका धान उत्पादक किसानलाई राहत मिल्ने विश्वास लिइएको छ।







