सर्लाही – मधेस प्रदेशसभाको आज बिहान साढे ८ बजेका लागि बोलाईएको बैठक सत्तापक्षका सांसदहरू उपस्थित नभएपछि स्थगित गरिएको छ ।
निर्धारित समयमै बैठक सुरु नहुने भएपछि प्रदेशसभा सचिवालयले १०ः३० बजेसम्म प्रतीक्षा गरेको थियो। तर सो समयमा पनि सत्तापक्षका सांसदहरू नआएपछि बैठक आज दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ।

मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने बताएपछि आजका लागि प्रदेशसभा बैठक बोलाइएको थियो । सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन परमादेश जारी गरेको थियो।
सो आदेशअनुसार मुख्यमन्त्रीले आजकै दिन विश्वासको मत लिने तयारी रहेको जनाइएको छ।





