सर्लाही – धनुषामा तरकारी टिप्न जाँदा विद्युतीय मोटरको तारबाट करेन्ट लागेर महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको धनुषाधाम नगरपालिका–४, गौरीपुर बस्ने ५७ वर्षीया पारो देवी महतो रहेकी छन्।
प्रहरीका अनुसार उनको बिहीबार बिहान मृत्यु भएको हो । आफ्नै खेतमा तरकारी टिप्न जाँदा विद्युतीय मोटरको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो।






