सर्लाही – मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बन्दै गएको छ। सात दल सम्मिलित गठबन्धनले शुक्रबार (भोलि) नै आफ्नो तर्फबाट मुख्यमन्त्रीको दाबी पेश गर्ने भएको छ।
जनकपुरमा बिहीबार बसेको सात दलको बैठकपछि नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता भरत शाहले गठबन्धनले भोलिसम्म उमेदवार टुंग्याएर प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने जानकारी दिए।

मुख्यमन्त्री चयनका विषयमा छलफलका लागि बसेको बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस), जसपा नेपाल, लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिहरू सहभागी थिए।
प्रदेश प्रमुख सुरेन्द्र लाभले नयाँ सरकार गठनका लागि आह्वान गरेका कारण दलहरूले बहुमत जुटाउन र नेतृत्वमै सहमति खोज्न थालेका छन्।





