सर्लाहीमा एआई सम्बन्धि एक दिने तालिम सम्पन्न

२०८२ मंसिर १९, शुक्रबार १८:४४

मलंगवा – सर्लाहीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। आमसञ्चार प्राधिकरण जनकपुरधामको आयोजना तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको समन्वयमा तालिम शुक्रबार मलंगवास्थित सुजता पार्टी प्यालेसमा सम्पन्न भएको हो।

तालिमको प्रशिक्षण एआई अध्येता तथा अभ्यासकर्ता जीवन भण्डारीले गरेका थिए। तालिममा सहभागीहरूलाई एआईको प्रयोग, सञ्चार क्षेत्रमा यसको प्रभाव, अवसर तथा सम्भावित चुनौती, जिम्मेवार तथा सुरक्षित प्रयोगका उपायलगायतका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

तालिममा सर्लाही जिल्लाका सक्रिय पत्रकारहरू तथा विभिन्न माध्यमका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले एआई प्रविधिको सही प्रयोग, सामग्री निर्मितिमा यसको उपयोगिता तथा डिजिटल सुरक्षा उपायबारे उपयोगी ज्ञान प्राप्त गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार