मलंगवा – ग्रामिण स्वावलम्बन विकास केन्द्रद्वारा सञ्चालित ‘ग्लोबल बास परियोजना’ अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम शुक्रबार सर्लाहीको सदरमुकाम मलंगवास्थित होटेल महेन्द्रमा सम्पन्न भएको हो।
ग्लोबल बास परियोजनाले सो अवधिमा गरेका गतिविधि, बजेट उपयोग, उपलब्धि र आगामी कार्यदिशाबारे स्थानीय सरोकारवालासँग प्रत्यक्ष संवाद तथा प्रतिवेदन सार्वजनिक गरिएको थियो।

कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, लाभग्राही, समाजसेवी तथा विभिन्न निकायका सरोकारवालाको सहभागिता थियो। सहभागीहरूलाई परियोजनाको प्रगति विवरण प्रस्तुत गरी सुझाव, प्रतिक्रियासहित पारदर्शिता र उत्तरदायित्वका विषयमा छलफल गरिएको थियो।
ग्रामिण स्वावलम्बन विकास केन्द्रले सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ जस्ता कार्यक्रमले विकास परियोजनाका गतिविधि जनस्तरसम्म स्पष्ट बन्न मद्दत गर्ने र समुदायसँगको सहकार्य अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।





