सर्लाही – सरकारले यस वर्षका लागि उखुको न्यूनतम खरिद मूल्य तोकेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ तोकेको हो।
सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार किसानको माग अनुसार न्यूनतम खरिद मूल्य तोकिएको हो। त्यस्तै, सरकारले किसानलाई उखुमा अनुदान पनि तोकेको छ। प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय भएको हो।






