गोडैता – सर्लाहीको गोडैता नगरपालिका – ११ माधोपुरकी करिब १४/१५ वर्षीया सन्जन भनिने साजन कुमारी चार दिनदेखि बेपत्ता रहेको परिवारले जनाएको छ। सुस्त मनस्थितिकी उनी गत आइतबार घाँस काट्न भनी घरबाट निस्केकी थिइन् तर त्यसपछि उनि घर नआएकाले परिवार गम्भीर चिन्तामा परेको छ।
बालिका नफर्केपछि उनका पिता रामकृत मण्डलले खोजतलासका लागि सहयोग गर्दिन सबैमा आग्रह गरेका छन्। परिवारका अनुसार प्रहरीमा खोजीको लागि निबेदन पनि दिईएको छ, अन्य ठाउँमा पनि खोजी गरे पनि अहिलेसम्म कुनै जानकारी प्राप्त हुन नसकेको बताइएको छ।

यदि साजन कुमारीलाई कतै देख्नु भएको वा उनको बारेमा कुनै जानकारी भएको खण्डमा उनका पिता रामकृत मण्डलको नम्वर ९८०७६९३३९६ मा सम्पर्क गर्न वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराई सहयोग गर्न परिवारले अनुरोध गरेको छ।





