सर्लाही – राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको पहलमा चार राजनीतिक दलको एकता भएको छ।
नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर), कोचिला संघर्ष समिति, संघीय लिम्बुवान पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच बुधबार औपचारिक रूपमा एकता घोषणा गरिएको हो। दीर्घकालीन राष्ट्रिय मुक्ति क्रान्तिको दिशालाई साझा आधार मानेर सम्पन्न गरिएको एकता कार्यक्रम सफल रहेको अध्यक्ष महतोले जानकारी दिए।

एकीकृत समूहले बहुल राष्ट्रवाद, स्वशासनको अधिकार र राष्ट्रिय मुक्ति आन्दोलनलाई थप संगठित, सामूहिक र प्रगतिशील बाटोतर्फ डोर्याउने राजनीतिक प्रतिबद्धता समेत जनाएका छन्।





