सर्लाहीमा घरायसी विवादपछि एक महिलाले गरिन बिषादी सेवन

२०८२ मंसिर २५, बिहीबार ०८:४०

लालबन्दी – सर्लाहीको हरिपुर्वा नगरपालिका – ७ बसन्तपुरमा एक महिलाले घरायसी विवादका कारण विषादी सेवन गरेकी छन्।

बुधबार राति करीब ९ बजेतिर स्थानीय बिजय मण्डलकी ३५ वर्षीय पत्नी संगीता मण्डलले म्कुलन नामक तरकारीमा प्रयोग हुने विषादी सेवन गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घरमा विवादपछि उनले विषादी सेवन गरेकी थिइन्।

त्यसपछि उनलाई तत्काल उपचारका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल मलंगवा ल्याइएकाे थियो, अहिले उनको सोहि अस्पतालमा उपचार भईरहेको र हाल उनको अवस्था सामान्य रहेको बताईएको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार