महालक्ष्मी चिनी मिलले गर्यो डोंगा पूजा

२०८२ मंसिर २५, बिहीबार ०८:५४

लालबन्दी – सर्लाहीको गोडैता – ६ स्थित महालक्ष्मी चिनी उद्योग बगदहले आगामी उत्पादन सिजनको तयारी स्वरूप हिजो ‘डोंगा पूजा’ सम्पन्न गरेको छ। मिल सञ्चालन सुरु गर्नु अघिल्लो महत्वपूर्ण विधि मानिने यो पूजा उद्योगले हरेक वर्षझैँ यस पटक पनि विधिवत् रूपमा गरेको हो।

उद्योगका प्रशासकीय प्रमुख शिवशंकर महतोका अनुसार पुस महिनाको पहिलो साताबाट चिनी मिल सञ्चालनमा ल्याई उखु क्रसिङ सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

उनका अनुसार यस वर्ष उद्योगले कम्तीमा २० लाख क्विन्टल भन्दा बढी उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ। गत वर्ष उद्योगले १३ लाख ८१ हजार क्विन्टल उखु क्रसिङ गरेको थियो।

यसपालि लक्ष्य वृद्धि गर्दै उद्योगले किसानलाई समयमै भुक्तानी गर्ने प्रतिबद्धतासमेत गरेको छ। उद्योगले अघिल्लो वर्षको सम्पूर्ण भुक्तानी पनि गरिसकेको उनले बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार