सर्लाही – पर्सा जिल्लाको ठोरी गाउँपालिका – ४, निर्मलबस्तीबाट सशस्त्र प्रहरीले करिब ९१ किलो गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बेस क्याम्प सुर्वणपुरबाट खटिएको टोलीले १० अलग अलग बोरामा प्याक गरिएको उक्त लागुऔषध बरामद गरेको हो।
सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनका अनुसार नाम्लोको सहायताले भारी बोकेर भारततर्फ गइरहेका करिब १० जनाजति भरियाले प्रहरीको गस्ती टोली देख्नेबित्तिकै बोराहरू त्यहीँ छाडेर फरार भएका थिए।

त्यसपछि प्रहरीले उक्त बोरा खोलेर हेर्दा ९१ केजी गाँजा भेटिएको हो। बरामद गरिएको गाँजालाई बिहीबार नै इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको योन्जनले जानकारी दिए।





