सर्लाही – ललितपुरमा भ्यानको ठक्करबाट रौतहटका एक युवकको मृत्यु भएको छ। बिहिबार साँझ ललितपुरको यूएन पार्कमा भ्यानको ठक्करबाट स्कुटर चालक रौतहटका एक युवकको मृत्यु भएको हो ।
ललितपुर प्रहरीका अनुसार मृत्यु हुनेमा रौतहटको गौर घर भएका ४५ बर्षिय राजीव सिन्हा रहेका छन् । भ्यानले बिहीबार साँझ उनले चलाएको बा ५१ प ९५६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा उनि गम्भीर घाइते भएका थिए। गम्भीर घाइते उनलाई तत्काल उपचारका लागि नर्भिक अस्पतालमा लगिएको थियो। सोहि अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको हो।





