नेपाल प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असईका लागि आवेदन आह्वान

२०८२ मंसिर २६, शुक्रबार ०८:१५

सर्लाही – नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदका लागि आवेदन आह्वान गरेको छ। शुक्रबार सार्वजनिक गरिएको सूचना अनुसार २१ जना इन्सपेक्टर र ४३८ जना असईका लागि आवेदन माग गरिएको छ।

इन्सपेक्टर पदका लागि पुस ६ गतेदेखि माघ ५ गतेसम्म र असईका लागि पुस ९ देखि माघ ८ गतेसम्म दरखास्त दिन सकिनेछ। दरखास्त अनलाइनमार्फत भर्न सकिनेछ। इन्सपेक्टरको फाराम शुल्क १ हजार २०० रुपैयाँ तोकिएको छ भने समावेशी कोटाका हकमा प्रत्येक अतिरिक्त समूहका लागि २४० रुपैयाँ थप लाग्नेछ।

असईका उम्मेदवारले ५०० रुपैयाँ तिर्नुपर्नेछ र एकभन्दा बढी समूहमा आवेदन दिँदा प्रत्येक समूहका लागि थप १०० रुपैयाँ लाग्नेछ। उमेर सीमा अनुसार इन्सपेक्टरका आवेदक २० वर्ष पूरा भई २५ ननाघेको हुनुपर्नेछ। असईका लागि भने न्यूनतम १८ वर्ष पूरा र अधिकतम २४ वर्ष नाघेको नहोस।

शैक्षिक योग्यातर्फ इन्सपेक्टर पदका लागि स्नातक वा सोसरह उत्तीर्ण अनिवार्य छ भने असईका इच्छुकले प्रमाणपत्र तह (१२ कक्षा) पास गरेको हुनुपर्ने सूचनामा उल्लेख छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार