मलंगवा – सर्लाहीको गोडैतामा पाँच दिनदेखि बेपत्ता बालिका मृत फेला परेकी छन्।
गोडैता नगरपालिका – ११, माधोपुर निवासी रामकृत मण्डलकि करिब १४/१५ वर्षीया सन्जन भनिने साजन कुमारी आज ( शुक्रबार ) बिहान घर नजिकैको पोखरीमा मृत फेला परेकी हुन्। घरबाट करिव डेड किलो मिटर दुरीमा रहेको पोखरीमा उनि मृत फेला परेकी छन्।

प्रहरी चौकी गोडैताका अनुसार बिहान जानकारी आएको र अहिले प्रहरीको टोलि घटनास्थलमा खटिएर शवलाई पोखरीबाट निकाल्ने तयारी भईरहेको छ। परिवारका अनुसार उनि मृगी रोगि थिइन्।
यो पनि पढ्नुहोस:
– गोडैताकि एक बालिका चार दिनदेखि बेपत्ता, खोजि गरि दिन परिवारको आग्रह





