रौतहटमा ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु

२०८२ मंसिर २६, शुक्रबार १४:३५
सांकेतिक तस्बिर

सर्लाही – रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान ट्रक र कार एकआपसमा ठोक्किँदा एक वृद्धको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका – ४ पश्चिम पहिलो लच्का नजिक भएको दुर्घटनामा कारमा सवार ७९ वर्षीय भक्तबहादुर खत्रीको मृत्यु भएको हो। खत्री बाराको निजगढ नगरपालिका – ३ का निवासी हुन्।

निजगढबाट चन्द्रनिगाहपुरतर्फ गइरहेको बा ३ च ६१९३ नम्बरको कार पूर्वबाट पश्चिमतर्फ गइरहेको बागमती प्रदेश–०३–००१ ख ११४८ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो।

घटनामा कार चालक दिनेश थपलिया र चन्द्रपुर – ६ का डोरमणि सापकोटा घाइते भएका छन्। दुवैको उपचार चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा भइरहेको छ। यस्तै, ट्रक चालक हेटौंडा उपमहानगरपालिका – ७ का ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार