मलंगवा – सर्लाहीको हरिपुर नगरपालिका – ५ स्थित झिमखोलामा अनधिकृत रूपमा माटो उत्खनन गरिरहेको एक जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज दिउँसो करिब ४ बजे प्रदेश – २–०२ ००१ क ०३६३ नम्बरको जेसिबीले अवैध उत्खनन गरिरहेको सूचना प्राप्त भएको थियो। सोही आधारमा खटिएको प्रहरीको टोलीले जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

आवश्यक कारबाहीका नियन्त्रणमा लिइएको जेसिबी ईलाका प्रहरी कार्यालय हरिपुरमै राखिएको प्रहरीले जनाएको छ।





