सर्लाहीमा अवैध भरुवा बन्दुक बरामद

२०८२ मंसिर २७, शनिबार ०८:५२
file image

सर्लाही – सर्लाहीको हरिवन नगरपालिका – १ अन्तर्गत बेलडाँडा क्षेत्रमा अवैध रूपमा लुकाएर राखिएको एक थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।

बन्दुक देखाएर कुटपिट गरिएको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा उक्त बन्दुक फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बन्दुक बेलडाँडाको एक स्थानमा लुकाई छिपाई राखिएको अवस्थामा बरामद गरिएको थियो।

बरामद भएको भरुवा बन्दुक हाल इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा राखिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार