सर्लाहीमा उखु खेतीमा भीषण आगलागी

२०८२ मंसिर २९, सोमबार १८:५७

मलंगवा – सर्लाहीमा उखु खेतीमा भीषण आगलागी भएको छ। जिल्लाको गोडैता नगरपालिका – ४, रोहुवा आज ( सोमबार ) दिउँसो उखुबालीमा भीषण आगलागी भएको हो।

आगलागीबाट करिव ५० देखि ७० बिघा क्षेत्रफलमा फैलिएको उखुबाली पूर्ण रूपमा नष्ट भएको अनुमान गरिएको नगर प्रमुख देबेन्द्र यादवले बताए। प्रारम्भिक अनुमान अनुसार यस आगलागीबाट करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

नगर प्रमुख यादवले आगलागीबाट प्रभावित किसानहरूका लागि नेपाल सरकार तथा मधेश प्रदेश सरकारसँग क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेका छन्। साथै, उनले सम्पूर्ण नगरवासीलाई आगलागीको जोखिम न्यूनीकरण गर्न बाटो तथा खेतबारी आसपास पराल, पत्थर वा ज्वलनशील वस्तु नराख्न अनुरोध गरेका छन्।

हाल आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको छ भने क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्यसमेत अघि बढाइएको छ। यसअघि खडेरी, त्यसपछि भीषण बाढी र अहिलेको आगलागीले स्थानीय किसानको जीवनयापनमै गहिरो असर पारेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार