सर्लाहीमा १ किलो गाँजासहित एक जना पक्राउ

२०८२ मंसिर २९, सोमबार २२:५९
साङ्केतिक तस्बिर

मलंगवा – सर्लाहीमा प्रतिबन्धित लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन्। जिल्लाको पर्सा गाउँपालिका – १ मा प्रतिबन्धित लागुऔषध गाँजा लुकाइ छिपाइ राखिएको अवस्थामा एक जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले गएराती पर्सा गाउँपालिका – १ स्थित रामसिरिठ मण्डलको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा उनको घरभित्र बाँस र माटोले बनेको खाना पकाउने भान्छा घरको टाटीमा लुकाइछिपाइ राखिएको निलो तथा रातो प्लास्टिकले बेरेको एक पोका प्रतिबन्धित लागु औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ। त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार १ किलो ८०० ग्राम गाँजा बरामद भएको छ। प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित रामसिरिठलाई नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार