सर्लाही – मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत पाएका छन् । शुक्रबार मधेस प्रदेश सभामा विश्वासको प्रस्ताव राखेका यादवलाई प्रदेश सभाले विश्वासको मत दिएको हो ।
यादवको पक्षमा कुल ९२ मत परेको थियो । मतदानमा सहभागी भएका सबै सांसदहरूले उनलाई मत दिएका थिए । साेही कारण प्रस्तावकाे विपक्ष तथा तटस्थमा शून्य मत परेकाे थियाे ।

मंसिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेता रहेका यादव ७ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त भएको थियो ।





