सर्लाहीमा अवैध उत्खनन गर्दै गरेका दुई ट्याक्टर प्रहरीको नियन्त्रणमा

२०८२ पुष ४, शुक्रबार २०:२३

मलंगवा – सर्लाहीमा अवैध उत्खनन गर्दै गरेका दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लाको हरिवन नगरपालिकास्थित लखन्देही खोला क्षेत्रमा अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन तथा ढुवानी गर्दै गरेका दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहिबार बिहान ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको टोलीले हरिवन नगरपालिका–४ स्थित लखन्देही खोला क्षेत्रमा अवैध रूपमा बालुवा उत्खनन भइरहेको अवस्थामा ज १ त ५१२३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो।

उत्खनन गरिएको बालुवा ट्याक्टरमा लोड गरी ढुवानीको तयारी अवस्थामा रहेको थियो। यसअघि बुधबार बिहान प्रहरीले सोही स्थानमा अवैध रूपमा ग्राभेल उत्खनन गरी ना ६ त १०३५ नम्बरको ट्याक्टरमा लोड गरेर लैजान तयारी अवस्थामा राखिएको अर्को ट्याक्टर नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार