सर्लाही – मधेस प्रदेश सरकार अन्तर्गत धनुषा जिल्लामा रहेका सरकारी कार्यालयहरूको छड्के अनुगमनका क्रममा दुई जना उपसचिवसहित ७२ जना कर्मचारी कार्यालयमा अनुपस्थित भेटिएका छन्।
कार्यालयमा अनुपस्थित रहेका ति कर्मचारीमाथि कारबाही प्रक्रिया अगाडी बढाईएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नेतृत्वमा जिल्लाका १८ वटा मन्त्रालय र निकायको अनुगमन गरिएको थियो।

अनुगमनका क्रममा पूर्वस्वीकृति बिना बिदा लिएको, समयमा कार्यालय नआएको तथा जिम्मेवारीप्रति लापरवाही गरेको पाइएपछि सम्बन्धित कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।
मुख्यमन्त्री कार्यालयका अनुसार छड्के अनुगमनमा परेका कर्मचारीहरूलाई प्रचलित ऐन तथा कानुन अनुसार कारबाही गरिनेछ। साथै, उनीहरूलाई आवश्यक जानकारीसहित पत्राचार गरिसकिएको सचिवालयले जनाएको छ।





