रौतहटमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८२ पुष ६, आईतवार ०९:२०

सर्लाही – रौतहटमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रपुर नगरपालिका–१० स्थित बाल्चनपुरमा शनिबार साँझ ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो भने अर्का एक जना गम्भीर घाईते भएका छन्।

प्रहरीका अनुसार चपुर–गौर सडक खण्ड अन्तर्गत डुमरियाबाट २ कि.मी. दक्षिण तर्फ शनिबार साँझ गरुडाबाट बाल्चनपुरतर्फ आउँदै गरेको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश २.०३.०१३ प ३०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गढिमाई नगरपालिका – ४ सुन्दरपुर निवासी ५० वर्षीय प्रमोद साह कानुको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल पछाडी सवार ६५ वर्षीय जोगेन्द्र हजरा पासवान घाइते भएका छन्। उनको टाउकोमा गम्भीर चोट लागेको र उनको अहिले बिरगंजस्थित न्युरो अस्पतालमा उपचार भईरहेको छ। घटना सम्बन्धि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार