सर्लाही – भोजपुरी गायक यादव अजयको नयाँ गीत “बाबड़ी जब झार लेवे ल” सोमबार एक कार्यक्रमबीच सार्वजनिक भएको छ ।
भोजपुरी भाषामा रहेको उक्त गीतमा गायक यादव अजयसँगै गायिका शिल्पी राजको आवाज रहेको छ। लेखक उमेश राजको शब्द रचना भएको सो गीतको निर्माता चन्दन यादव रहेका छन भने निर्देशन नविन नेपालीको रहेको छ।

रौतहटको चपुर स्थित एन प्लाजा होटलमा भएको उक्त गीत बिमोचन समारोहको प्रमुख आतिथ्यता निभा यादवले गरेकी थिईन। उक्त गीतको भिडियोमा निभा यादव, यादव अजय, दिव्या सिग्देल लगायत अन्य कलाकारहरुको अभिनय हेर्न पाईन्छ ।
मधेशका लोकप्रिय कलाकारहरु दिब्या सिग्देल, रेबिका नेपाली, रौनक नविन, दीपेश शर्मा, दीपू दीवाना, अरुण यादव, राज कुमार साह, दीपलाल साह, रिया झा, सृष्टि यादव, रौशनी कुमारी, पिंकी कुमारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन पत्रकार तथा कलाकार नूर आलम बादशाहले गरेका थिए ।





