लालबन्दीमा ट्रकको ठक्करबाट वृद्धको मृत्यु: फरार चालक पक्राउ, मृतकको शव परिवारले बुझे

२०८२ पुष ११, शुक्रबार १९:५९

मलंगवा – सर्लाहीको लालबन्दी नगरपालिका – २ अन्तर्गत नवलपुर – मलंगवा सडकखण्डमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट ६९ वर्षीय मेन्डुक दोर्जे लोप्चनको घटनास्थलमै मृत्यु भएको हो। लोप्चन नातिनीलाई बोडिङ स्कुलमा खाजा छाडेर साइकलमा घर फर्कने क्रममा दुर्घटनामा परेका हुन्।

उनलाई ना ७ ख ७३६९ नम्बरको ट्रकले ठक्कर दिएको हो। दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गरेका थिए। प्रहरीको पहलपछि अवस्था सामान्य बनेको र पोष्टमार्टमपछि शव परिवारलाई बुझाइएको जनाइएको छ।

दुर्घटनापछि फरार ट्रक चालक कविलासी नगरपालिका – १ का संगम कुमार यादवलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यो पनि पढ्नुहोस:
सर्लाहीमा ट्रकको ठक्करबाट एक जना बृद्वको घटनास्थलमै मृत्यु

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार