सर्लाहीको धनकौलमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८२ पुष १२, शनिबार १२:०५
सांकेतिक तस्बिर

मलंगवा – सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको धनकौल गाउँपालिका – ५, पासवान टोलमा ज १ त ७०१३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक सोहि पालिका वडा नम्बर ४ निवासी ३० बर्षिय अरुण राय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरीलाई आज बिहान जानकारी आएको र प्रहरीको टोलि खटिएको थियो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उक्त ट्याक्टर हरिवनस्थित इन्दुशङ्कर चिनी मिलमा उखु ‘अनलोड’ गरेर फर्कने क्रममा नहरमा पल्टिएर दुर्घटना भएको हो। स्थानीयले बिहानै दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

अहिले मृतकको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल मलंगवामा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार