बंगलादेशमा बाहिरबाट ढोका बन्द गरेर हिन्दु परिवारको घरमा आगजनी

२०८२ पुष १४, सोमबार २१:४७

सर्लाही – बंगलादेशको पिरोजपुर जिल्लास्थित दम्रितला गाउँमा हिन्दु समुदायका पाँच परिवारका घरमा आगजनी भएको छ। डिसेम्बर २७ शनिबार भएको घटनामा पीडित परिवारका घरहरू बाहिरबाट ढोका बन्द गरेर आगो लगाइएको बताइएको छ।

आगलागीका क्रममा घरभित्र फसेका आठ जना टिन र बाँसको बार काटेर ज्यान जोगाउन सफल भए पनि घर, सम्पत्ति र घरपालुवा जनावर पूर्ण रूपमा नष्ट भएका छन्।

घटनासँग सम्बन्धित आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। यद्यपि आगलागीको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। घटनाको दृश्य समेटिएको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार