सर्लाही – मधेस प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने प्रक्रिया अगाडि बढाएको छ। प्रदेश सरकार गठन भएको करिब एक महिनापछि मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरिएको हो।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार बुधबारसम्म मन्त्रिमण्डल पूर्ण हुने गरी सत्तासाझेदार राजनीतिक दलहरूसँग परामर्श भइरहेको छ। हाल प्रदेश सरकारअन्तर्गत ६ मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ।

मुख्यमन्त्री कृष्णा यादवले रिक्त मन्त्रालयहरूमा सत्तारुढ दलबाटै मन्त्री नियुक्त गरिने स्पष्ट पारेका छन्। दलहरूबीच अन्तिम सहमति जुटेपछि बुधबार शपथग्रहण कार्यक्रम सम्पन्न गर्ने तयारी रहेको उनको भनाइ छ।





