मलंगवा – जेन-जी अन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार भएका एक कैदीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार एउटा मुद्दामा १२ वर्षको सजाय पाएका सर्लाहीको पर्सा गाउँपालिका – ५ का ५० बर्षिय हकिम बैठालाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

उनलाई विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले आज दिउँसो पक्राउ गरेको हो । उनि झुम्का कारागारमा आठ वर्ष कैद भुक्तान गरि सजाय काटी रहेका थिए। उनि भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’का क्रममा कारागारबाट फरार भएका थिए ।





