रौतहटमा एक जना पुरुष मृत फेला

२०८२ पुष १९, शनिबार १२:०७

सर्लाही – रौतहटको चन्द्रपुर नगरपालिका–४ अन्तर्गत पर्ने भित्री सडकमा शनिबार बिहान एक वृद्ध पुरुष मृत अवस्थामा भेटिएका छन्।

पूर्व – पश्चिम राजमार्गबाट केही दूरीमा रहेको सो स्थानमा स्थानीयले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार मृतकको अनुहारमा गम्भीर चोट देखिएको छ।

करिब ६०–७० वर्ष उमेरका थारु समुदायका व्यक्ति हुन सक्ने अनुमान गरिए पनि हालसम्म उनको पहिचान खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार