सर्लाही – महोत्तरीमा ट्रकको ठक्करबाट बाटो काट्दै गरेकी महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको बलवा नगरपालिका–११ मा सोमबार ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी एक महिलाको मृत्यु भएको हो।
लोहारपट्टी नगरपालिकाबाट रामगोपालपुर नगरपालिकातर्फ जाँदै गरेको ना ६ ख ९१५३ नम्बरको ट्रकले बाटो काट्दै गरेकी स्थानीय ५१ वर्षीया बुधनीदेवी ठाकुरलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार ठाकुरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अगाडि बढाएको छ।





