सर्लाहीका चारै निर्वाचन क्षेत्रबाट जसपा नेपालका १० उम्मेदवार सिफारिस

२०८२ पुष २२, मंगलवार २०:१९

मलंगवा – जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाहीले आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ १० जना उम्मेदवारको नाम सिफारिस गरेको छ। जिल्ला समितिको बैठकले जिल्लाका चारवटै निर्वाचन क्षेत्र समेट्ने गरी उम्मेदवारहरूको नाम टुंगो लगाएको हो।

निर्वाचन क्षेत्र नम्बर १ बाट सञ्जय कुमार पासवान, राम विश्वास राय र सुधिर कुमार यादव सिफारिस भएका छन्। निर्वाचन क्षेत्र नम्बर २ बाट भरत चौधरी एकल उम्मेदवारका रूपमा चयन भएका छन्।

यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष मनोज कुमार यादव रायसहित रामपृत पासवान, डा. जय प्रकाश यादव (जे.पी. यादव) र विनोद यादवको नाम सिफारिस गरिएको छ।

निर्वाचन क्षेत्र नम्बर ४ बाट रामपृत पासवान र उदयकान्त मिश्रलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउन सिफारिस गरिएको पार्टीले जनाएको छ। प्रत्यक्षतर्फका उम्मेदवारको नाम केन्द्रमा पठाएसँगै जिल्लामा चुनावी गतिविधि तीव्र बनेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार