पर्साको छिपहरमाईमा सुचना प्रकाशनमा अनियमिता, विज्ञापन एजेन्सीसहित चार जनाविरुद्ध मुद्धा दायर

२०८२ पुष २३, बुधबार १८:५१

सर्लाही – पर्साको छिपहरमाई गाउँपालिकामा ठेक्कासम्बन्धी सूचना प्रकाशन गर्दा अनियमितता गरिएको आरोपमा गाउँपालिका अध्यक्ष मनोज कुमारसहित चार जना तथा एक विज्ञापन एजेन्सीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अध्यक्ष मनोज कुमार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह, तत्कालीन लेखापाल संजय पटेल र विज्ञापन एजेन्सी केएस मल्टिपर्पोज प्रालि वीरगन्ज तथा उक्त कम्पनीका सञ्चालक कमल कुमार उपाध्यायविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।

अख्तियारले उनीहरूबाट जनही ४ लाख २९ हजार ४ सय रुपैयाँ बराबरको बिगो असुल उपर गर्न माग दाबी गरेको छ।

अनुसन्धानका क्रममा गाउँपालिकाको ठेक्का सूचना ‘सौर्य दैनिक’ पत्रिकामा प्रकाशित गरिएको दाबी गरिए पनि तोकिएको मितिमा उक्त सूचना पत्रिकामा नछापिएको पुष्टि भएपछि मुद्दा अघि बढाइएको अख्तियारले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार