रामनगरमा शितलहर प्रभावितलाई कम्बल वितरण

२०८२ पुष २५, शुक्रबार १९:१६

मलंगवा – लगातारको शीतलहर, बाक्लो हुस्सु–कुहिरो र बढ्दो चिसोका कारण जनजीवन प्रभावित बन्दै गएपछि सर्लाहीको रामनगर गाउँपालिकाले राहतस्वरूप न्यानो कम्बल वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ।

रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवका अनुसार लगातारको शीतलहर तथा चिसो मौसम तीव्र रूपमा बढ्दै गएपछि चिसोबाट बचाउनका लागि राहतस्वरूप न्यानो कम्बल वितरण गरिएको हो।

लगातारको शीतलहर तथा चिसो मौसम तीव्र रूपमा बढ्दै गएपछि नागरिकलाई चिसोबाट जोगाउन न्यानो कम्बल वितरण गरिएको बताउनुभयो। पालिकाका सबै वडामा शीतलहरबाट प्रभावितलाई कम्बल वितरण गरिने छ।

करिब दुई सातादेखि निरन्तर शीतलहर र चिसो बढ्दै जाँदा विशेषगरी आर्थिक रूपमा कमजोर, जेष्ठ नागरिक तथा दलित समुदाय बढी प्रभावित भएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार