सर्लाहीमा प्रहरीको उच्च अधिकारीहरुसँग पहुँच छ भन्दै धम्की दिने एक जना पक्राउ

२०८२ पुष २८, सोमबार २०:४३
साङ्केतिक तस्बिर

मलंगवा – सर्लाहीमा प्रहरीको उच्च अधिकारीहरुसँग पहुँच छ भन्दै धम्की दिने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका – ६, बेलडी टोल निवासी २९ वर्षीय रमेश गिरी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनले गत शनिबार दिउँसो करिब ३:४५ बजे सर्लाहीको बागमती नगरपालिका – १२, कर्मैयास्थित न्यु कालिका होटल एण्ड गेस्ट हाउसमा आई नास्ता खाई, मदिरा सेवन गरेपछि प्रहरीको उच्च अधिकारीहरुसँग पहुँच छ भन्दै होटल संचालकका भाई लाल बहादुर घिसिङलाई धम्कि दिएका थिए।

घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले उनलाई तत्काल नियन्त्रणमा लिएको थियो। पक्राउ परेका गिरीलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार