मलंगवा – सर्लाहीको सदरमुकाम मलंगवामा रहेको मलंगवा नगरपालिकाले १५औँ नगरसभा (हिउँदे अधिवेशन) सफलतापूर्वक सम्पन्न गरेको छ। नगरप्रमुख नागेन्द्रप्रसाद यादवको अध्यक्षतामा सम्पन्न नगरसभामा चालु आर्थिक वर्ष २०८२/८३ का केही बजेट शीर्षकमा संशोधन गर्ने निर्णय पारित गरिएको छ।
नगरसभाले आवश्यक देखिएका विभिन्न विषयमा छलफल गर्दै निर्णयहरू अनुमोदन गरेको हो। अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, १२ वटै वडाका वडाध्यक्षहरू, नगरसभा सदस्यहरू तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

पछिल्लो समय नगरप्रमुखको कार्यशैली र प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर देखिएको आन्तरिक विवादका बीच पनि नगरसभाको हिउँदे अधिवेशन शान्त र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको नगरपालिकाले जनाएको छ।





