सर्लाहीमा कांग्रेसले उम्मेदवारको टुंगो लगायो, कुन क्षेत्रबाट को बन्दै छन् उम्मेदवार ?

२०८२ माघ ६, मंगलवार ०८:२४

मलंगवा – नेपाली कांग्रेसले सर्लाही जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। अन्य राजनीतिक दलको तुलनामा ढिलो गरी गएराति मध्यरातमा कांग्रेसले उम्मेदवारको टुंगो लगाएको हो।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीले क्षेत्र नं. १ बाट केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, क्षेत्र नं. २ बाट कार्यवाहक जिल्ला सभापति डा. सरोज कुमार, क्षेत्र नं. ३ बाट पूर्व उपसभापति विनोद कुमार खनाल र क्षेत्र नं. ४ बाट निवर्तमान प्रदेशसभा सदस्य एवं मधेश कार्य समिति उपसभापति वीरेन्द्र प्रसाद सिंहलाई उम्मेदवार बनाएको छ।

कांग्रेसमा उम्मेदवारीका आकांक्षी धेरै भएकाले उम्मेदवार छनोटमा ढिलाइ भएको बताइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार