सर्लाही – ४ बाट विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले गराए मनोनयन दर्ता ( नामवलीसहित )

२०८२ माघ ६, मंगलवार २१:११

गोडैता – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

मंगलबार गोडैतास्थित निर्वाचन अधिकृत कार्यालय पुगेर उनीहरूले उम्मेदवारी दिएका हुन्। नेकपा एमालेबाट अमनिश कुमार यादव, रास्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) बाट डा. अमरेश कुमार सिंह, नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) बाट रजनीश राय, नेपाली कांग्रेशबाट गगन थापालगायतले मनोनयन दर्ता गराएका हुन् ।

यसका साथै, क्षेत्र नम्बर – ४ बाट स्वतन्त्र उम्मेदवार दिनेको संख्या पनि उल्लेख्य रहेको छ। यस क्षेत्रमा स्वतन्त्रबाट २६ जनाले उम्मेदारी दर्ता गराएका छन्। सर्लाही ४ बाट २०७९ को चुनावमा डा. अमरेश कुमार सिंह निर्वाचित भएका थिए ।

No photo description available.

No photo description available.

May be an image of blueprint, ticket stub and text

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार