सर्लाही – राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार २०८२ सालको एसईई परीक्षा चैत १९ गते बिहीबारबाट सुरु हुनेछ।
तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। त्यसपछि चैत २० गते अनिवार्य नेपाली, चैत २२ गते अनिवार्य गणित, चैत २३ गते अनिवार्य विज्ञान र चैत २४ गते अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा सञ्चालन हुनेछ।

बोर्डले दिएको जानकारी अनुसार एसईई परीक्षा चैत २९ गते आइतबारसम्म चल्नेछ। गत वर्षको तुलनामा यस वर्ष एसईई परीक्षा १२ दिन ढिलो सुरु हुन लागेको हो। अघिल्लो वर्ष परीक्षा चैत ७ गतेदेखि सुरु गरिएको थियो।






