सर्लाहीबाट काठमाडाैंतर्फ गइरहेको गाडी मकवानपुरमा दुर्घटना, सर्लाहीका एक जनाको मृत्यु

२०८२ माघ ८, बिहीबार ०७:४५
सांकेतिक तस्बिर

सर्लाही – सर्लाहीबाट काठमाडाैंतर्फ गइरहेको गाडी मकवानपुरमा दुर्घटना भएको छ। प्रहरीका अनुसार आज बिहान कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुलनजिक गाडी दुर्घटना भएको हो।

सर्लाहीबाट काठमाडाैंतर्फ गइरहेको मधेश प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी दुर्घटना हुँदा सर्लाहीको बरहथवा नगरपालिका – १ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको छ।

दुर्घटनामा सर्लाहीको बरहथवा नगरपालिका – १ का २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवान घाईते भएका छन्। उनीहरुको अहिले काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार